• धारिलो हतियार प्रहार गरी युवकको हत्या, घर छेउमै भेटियो शव

  • बैतडी । बैतडीमा एक युवकको शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा हत्या गरिएको अवस्थामा सोही ठाउँका ३८ वर्षीय बाशुदेव जोशीको शव भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार शरीरमा धारिलो हतियार प्रहार गरेको घाउ छन् । शव रक्तामय अवस्थामा छ । शनिबार राति प्रहरीलाई घटनाबारे जानकारी आएको थियो ।

    जोशी घर नजिकै पसल आउजाउ गर्ने बाटोमा मृत अवस्थामा भेटिएका थिए । हत्याको कारण र घटनामा संलग्नको पहिचान खुलेको छैन । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा छ ।

    अहिले घटनास्थलको काम गर्दै गरेको जानकारी दिँदै प्रहरी निरीक्षक योगेश खत्रीले भने, ‘अहिलेसम्म कोही नियन्त्रण परेका छैनन्, हामी अनुसन्धान गरिरहेका छौं ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय