• दार्चुलाको भिरमा भेटियो किशोर–किशोरीको शव

  • धनगढी । दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर र किशोरीको शव भेटिएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडाको भिरमा बिहीबार दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले नौगाड गाउँपालिका–४ बस्ने अन्दाजी १७ वर्षीया सञ्जिला धामी र लोकेन्द्र ठगुन्ना भिरमा मृत अवस्थामा भेटिएको बताए । ‘उहाँहरु दुई जनाको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ । हामीले बिहीबारदेखि नै निकाल्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी पाण्डेले भने ।

    डीएसपी पाण्डेकाअनुसार उनीहरु नौगाड गाउँपालिका–५मा बिसु पर्वको अवसरमा लाग्ने मेला हेर्न घरबाट २९ चैतमा निस्किएको बुझिएको छ । उनीहरुले प्रयोग गर्ने मोबाइल घटनास्थल नजिकै भेटिएका छन् ।

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी पाण्डेले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय