• रेसुङ्गा नगरपालिका ६ मा शहरी स्वास्थ्य चौकी भवन उद्घाटन

  • रेसुङ्गा नगरपालिका ६ मा शहरी स्वस्थ्यसेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
    आइतबार वडा न ६ लप्सीमा लप्सी शहरी स्वस्थ्यसेवा केन्द्रको उद्घाटन नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको हो ।
    उदघाट्न गर्दै नगरप्रमुख पन्थीले जहा दुर्गम छ त्यहाबाट बिकासको सुरुवात गर्ने बताउदै यस दुर्गम ठाउमा शहरी स्वास्थ्य केन्द सन्चालन गरेको बताउनुभयो । नगरपालिकामा  आफु निर्वाचित भएपछि स्वास्थ्यको क्षेत्रमा धेरै फड्को मारेको पन्थीले बताउनुभयो । नगरप्रमुख पन्थीले स्वास्थ्य सेवालाइ प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

    यस स्वास्थ्यकेन्द्र बाट तत्कालका लागि ओपिडि, खोप सेवा, गाउघर क्लिनिक, लगाएतका सेवाहरु सुचारु भएको स्वास्थ्यकर्मी द्रोण शन्कर फुल्देल बताउनुभयो ।
    यस ठाउबाट स्वास्थ्य सेवा लिन १ घण्टाको यात्रा गरेर तम्घास जानु पर्ने बाध्यता थियो । यस स्वास्थ्य केन्द्र सन्चालन भएपछि आफ्नै गाउँमा स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानिय नागरिक हर्षित भएका छन । अलि समान्य बिरामी भएपनि तम्घास पुग्नुपर्ने अआवस्था थियो । अब आफ्नै गाउमा स्वास्थ केन्द्र सन्चालन भएपछि धेरै खुसि लागेको छू स्थानिय चन्द्रकला बुडाथोकि बताउनुभयो ।

    यस्तै स्वाथ्य केन्द्रको उद्घाटनको अवसरमा यहि वडामा घर भइ हाल धादिङ स्वास्थ्य कार्यलयमा खोप अधिकृतरुपमा कार्यरत स्याम प्रसाद पोख्रेलले यस स्वास्थ्य केन्द्रबाट सुत्केरि चेकजाच गराइ यहि स्वास्थ्य केन्द्रबाट रिफर भएर जाने सुत्केरिलाइ आफुले स्थापना गरेको चुरामणि स्मृति अक्षयकोष माफत सुत्केरी पोसणखर्च नगद रु एक हजार प्रदान गरिने घोषणा गर्नुभयो ।
    स्वास्थ्य केन्द्रबाट ९० वर्षिया कौशिला पोखरेल र ८४ वर्षिया भुमादेवि पोखरेलको स्वास्थ्य जाच गरि स्वास्थ्य सेवाको सुभारम्भ गरिएको हो ।

    यो स्वास्थ्य केन्द्र २२ लाखको लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य केन्द्रमा कार्यलय इन्चार्जको रुपमा एक जना स्वास्थ्यकर्मी कार्यरत छन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय