• तिलोत्तमा नगरपालिका प्रदेशमा प्रथम र मुलुकभरमा चौथो स्थानीय तहमा घोषित

  • बुटवल । तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो स्थानीय तहका रुपमा घोषित
    मुलुकभरीमा नमुना र उत्कृष्ट काम गरेको भन्दै चर्चा कमाउँदै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो स्थानीय तहका रुपमा घोषित भएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम मुलुकभरमा चौथो भएको हो ।

    हालै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को स्थानीय तहको संस्थागत प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्याङ्कन मुलुकभरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाँणले जानकारी दिनु भयो।

    शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार र सामाजिक समावेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरका पालिकाहरु मध्ये चौथो स्थानमा पर्न सफल भएको हो ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै ाइरहेको छ ।
    गत आर्थिक वर्षमा स्वमूल्याङ्कन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो।

    अहिलेको प्राप्त उपलब्धिले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा पुर्‍याएको छ । तिलोत्तमालाई मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेको नगर प्रमुख खाँणले बताउनु भयो।

    भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भइरहेका कामलाई एउटा गन्तव्यमा पुर्‍याउने र नयाँ काम गर्दै जाने विषयमा सिङ्गो नगरपालिका लागिरहने नगर प्रमुख राम कृष्ण खाणले जानकारी दिनुभयो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय