• संचार कर्म संगै गीत संगीतमा बिनोद बिष्ट

  • गोविन्द भुसाल
    बुटवल,२७ चैत्र ।

    बिनोद बिष्ट अहिले बुटबल एफ.एमका कार्यरत छन् । स्वतन्त्र पत्रकार संघका निवर्तमान सचिव पनि हुन । उनको परिचय यतिमा मात्रै सिमित छैन् । उनी गायक पनि हुन । उनका केही थान गितहरु पनि आइसकेका छन् । गुल्मी जिल्लामा जन्म भै हाल बुटवलाई कर्म थलो बनाएका विष्टको संचार कर्म र सांगितिक यात्रा लिएर आएका छौँ ।
    गुल्मीको सांगितिक परिचय
    गुल्मी जिल्ला गीत संगितमा अबलका रुपमा चिनिने जिल्ला हो । पानको पात माया तिमिलाई सम्झन्छु दिनको रात भन्ने गीत सुन्न साथ बोम बहादुर कार्कीलाई सम्झना सकिन्छ । सिंगो नेपाललाई प्रतिनिधित्व गरि देश विदेश तथा वृद्धवृद्धाहरुको मन मुटुमा बस्न सक्नु नाम हो बोम बहादुर कार्की । उहाँ लगायत गुल्मीमा धेरै कलाकारहरु उतिकै चर्तित छन् । श्रीप्रसाद थापा,रामचन्द्र चन्द,सन्तोष के.सी,सन्तु थापा,मन्जु पौडेल,बैकुण्ठ महत लगायतका धेरै कलाकार । चाहे लोक गीत संगित होस् ,चाहे सुगम संगित होस्,चाहे हास्य व्याङ्य तर्फा किन नहोस् सबै विद्याका कलाकार गुल्मीले जन्माएको छ ।

    उनै अग्रज तथा स्रष्टाहरुको गीत संगित सुनेर कलाकार बनेका मध्ये एक नाम हो विनोद विष्ट । मदाने गाउँपालिक वडा नं. १ अग्लुङ्गमा जन्म भै हाल बुटवलमा बस्दै आएका छन् । ६ कक्षाबाट स्टेजमा चडेर गीत गाउँदै आएका बिष्ट अहिले संचार कर्म र गीत संगितमा रमाउँदै छन् ।
    संचार क्षेत्रको यात्रा
    सानै उमेरमा नै प्रिय साथि थियो रेडियो । रेडियो रेसुङ्गा,स्काई एफ.एम र गुल्मी एफ एम मेरा मिल्ने साथि हुन । बिष्टले भने, यिनै रेडियोका लोक गीतका कार्यक्रमहरु धेरै नै सुन्थ्ये । कहिले होला म पनि रेडियोमा बोल्ने भन्ने लाग्थ्यो । एस.एल.सी दिएर बुटवलमा बस्न थालियो अनयर मिडिया सेन्टरमा रेडियो उद्घोषण तालिम लिने अवसर मिल्यो । बुटवल एफ.एमका गोविन्द बस्नेत,रेडियो रिपब्लिकका अनिल पहाडी,बिक्रम बाबु विश्वकर्माहरुले तालिम दिनु भयो । तालिम पछि उत्कृष्ट हुनु भयो भन्ने सुन्दा धेरै खुशी लाग्यो । तत्काल रेडियोमा काम गर्ने अवसर मिलेन तर आफै दैड् धुप गर्दै जादाँ संचार कर्मको पहिलो पाइला सामुदायिक रेडियो समावेशिमा लोक गीत संगितको कार्यक्रम अवसर स्टेशन म्यानेजर मिलन गाहाले प्रदान गर्नु भएको थियो । केही समय पछि फेरी बुटवल एफ एममा लोक गीत संगितको कार्याक्रम संचालन गर्दै आएको छु । साथै स्वतन्त्र पत्रकार संघमा आवद्ध भएर पत्रकारिता तथा संचार कर्ममा अगाडी बढ्दै छु । एक कार्यकाल स्वतन्त्र पत्रकार रुपन्देहीको सचिवको जिम्मेवार पुरा गरि भर्खर निर्वतमान समेत भएको छु ।

    गीत सांगीतको यात्रा
    सानो मान्छे,ठुलो स्टेज,चर्चित कलाकार खुमन अधिकारीको अगाडि मैले गीत आएको त्यो पल सम्झदा आफैलाई अचम्म लाग्छ । बिष्टले भने,कक्षा ६ मा पढ्दै गर्दा गाउँमा कार्यक्रम भयोे, अलि अलि गीत गाएको गाउँमा सुन्नु भनेको थियो । विनोदलाई गीत गाउन लगाउन पर्छ भनेर त्यो दिन गीत गाउँले अवसर मिल्यो त्यो दिन नै मेरो गीत संगितको पहिलो पाइला हो । त्यस पछि धेरै ठाउँमा अवसरहरु आउन थाले,विद्यालयका हरेक अतिरिक्त कार्यक्रममा गीत गाउँने अवसर मिल्न थाल्यो । विनोदले तिमि गीत गाउँ भन्दै प्रेरण र हौसला दिने बिक्रमबाबु दाईलाई पनि सम्झना चाहान्छु । एस.एल.सी पछि गीत संगितमा केही गर्नु पछ भनेर काठमाण्डौ गए,उमेर सानो,अपरिपक्कताले गर्दा पनि ६ महिनामा नै बुटवल फर्किए । बुटवलमा पनि त्यति सजिलो थिएन र छैन पनि । संर्घषका दिन लुम्बिनी रोघि घरबाट सुरु भयो । केही समय त्यसैमा उद्घोषण तथा गीत गाउने काम गरे,मैले काम गरेको छोटो समयमा नै रोघि बन्द हुन पुग्यो, त्यस पछि गोदौली रोघि घरमा काम गर्ने अवसर मिल्यो । रोधिले स्टेज कार्यक्रमहरुमा जाने बाटो खुलायो । यसै क्रममा झ्याउरे गीत निकाले,पहिलो गीत नै राम्रो चल्यो,स्टेजमा माग बढ्न थाल्यो , त्यस पछि दशै तिहारको गीत निकाले र अन्य गीतहरु आउने क्रममै छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय