• होटल व्यवसायी रुपन्दीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित

  • बुटवल,२६ चैत्र । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी  निर्वाचित भएका छन्। अध्यक्ष निर्वाचित भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी बावुराम गाैतम भन्दा ९८ बढी मत पाएका छन्। 

    १ हजार २ सय ३ व्यवसायी सदस्य रहेकोमा १०७० मतदानमा सहभागि भएका थिए । अध्यक्ष पदमा निर्वाचित भण्डारीले ५५० मत पाउँदा गाैतमले ४५२ मत पाए । संघकाे नेतृत्वको लागि बावुराम गाैतम र लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए। निवर्तमान कार्यसमितिमा भण्डारी प्रथम उपाध्यक्ष थिए भने गाैतम बरिष्ठ उपाध्यक्ष थिए।

    संघकाे बरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल, पर्यटन उपाध्यक्षमा राेमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई, महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा माेहन बस्याल र सह काेषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यश अघि नै निर्विरोध निर्वाचित भईसकेका छन्।

    महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पाेखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए।

    त्यसैगरी सदस्यहरुमा भने एक जना सदस्य बाहेक १० सिट  बावुराम गाैतम प्यानलले जितेको  छ। मतगणनाकाे अन्तिम परिणाम अनुसार सदस्य पदमा एक बहादुर गाहा मगर, केशवराज पाण्डे, एकदेव पाण्डे, कमला पाण्डे, दामाेदर पाैडेल, धना कुमारी शर्मा, नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल, मुरारी पाण्डेय, यज्ञमुर्ती भण्डारी, सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ विजयी भएका छन् ।

    २०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १ हजार २ सय ३ व्यवसायी आवद्ध रहेकाेमा १०७० जनाले मतदानमा भागलिएका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय