• आर्थिक अभावले मृत्यु कुरिरहेका गुल्मीका आशिषलाई युएई बस्ने नेपालीबाट आर्थिक सहयोग

  • अजय खड्का
    चैत्र २२, गुल्मी
    क्षयरोगबाट पिडित गुल्मीका आशिष विकलाई युएई बाट नेपाली पर्वासीले पठाएको सहयोग रकम हस्तान्तरण गरिएको छ । बुधबार क्षयरोगबाट पिडित विकको घरमा पुगेर पत्रकार अजय खड्का सहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।
    गुल्मीबाट प्रशारण हुदै आएको बी टेलिभिजन लगायत दर्जनौं मिडियाले आर्थिक अभावले अस्पतालको बेडमा आशिष छटपटिएको खबर प्रशारण तथा प्रकाशित गरेका थिए । खबर प्राप्त भएलगत्तै गुल्मी सेवा समाज युएईका उपाध्यक्ष जिवन कुवँर र कार्यसमिति सदस्य अजित खड्काको पहलमा रकम संकलन गरि नेपाली रकम रु ७४ हजार १ सय रुपैयाँ संकलन गरी पठाएका थिए ।
    गत वर्षको कार्तिकमा साउदी अरब पुगेका विक अचानक बिरामी भएपछि उद्धार गरि नेपाल ल्याइएको थियो । उनको विर अस्पतालमा उपचार पश्चात घरमा ल्याइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका ७ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका आशिषको परिवारमा बिपन्नताले बर्षौ र पुस्तौ छोडेन । पुस्तौँ देखी खोला किनारको सुकुम्बासी वस्तीमा बस्दै आएको आशिषको परिवारको आर्थिक अवस्था दयनिय छ ।
    यसरी पर्वासी नेपालीहरुबाट सहयोग आएपछि आशिषको थप उपचारमा सहज हुृने भएको छ । सहयोग गर्ने सबैलाइ आशिष लगाएत उनको परिवारले धन्यवाद ब्यक्त गरेको छ । उपचारमा अझै धेरै खर्च हुने भएकाले अन्य सहयोगी हातहरुमार्फत सहयोग अपेक्षा रहेको आमा मायाँ विकले बताइन् ।
    आशिष विवाहित हुन उनको एक ४ वर्षको छोरा छन । अहिले उनको अवस्थामा केही सुधार आएको छ ।  अहिले अशिषले आफुलाई बचाउन अपिल गरिरहेका छन ।
    सहयोगीहरुको नामावाली ः
    बाबुराम सुनार, रुपकला सुनार, अजित खड्का, बिष्णु पाण्डे, जीवन कुवर, मोति कुवर, सीता कुवर, पारु मगर, एच बि थापा, नेत्र भुसाल, अर्जुन भण्डारी, रुद्र थापा, रमा निउरे, शिशिर सापकोटा, दिपक खनाल, बिष्णु भट्टराइ, लक्ष्मी गिरी, कमल जङ्ग कार्कि, मिना भण्डारी, सुरज बिसि कमेडियन, प्रिया कडेल, जुना सिंह ठकुरी, बिनय खत्री, वसन्त सुवेदी, सुस्मा कुवर, कृष्ण बि सि, सरस्वती पौडेल, बिपना कार्कि, बुद्धिप्रसाद न्यौपाने, टंक रिमाल, आशा पाण्डे, तेज ढेङा मगर, लक्षमण जिसि, गोपाल गिरि, चन्द्र थापा, नोखा बस्नेत, सुधा टण्डन, हुमराज कौशल बिक, रामचन्द्र ढकाल, जीवन सिंह ठकुरी, नारायण बोहोरा, मनोज पाण्डे,खेमराज गौतम ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय