• दर्शकको मनमुटुमा बस्दै दिपु मगरको झ्याउरे गित`गुराँस फुल्ने´(भिडियोसहित)

  • बुटवल । प्युठानमा जन्मिएका चर्चित गायक तथा सञ्चारकर्मी दिपु मगरको झ्याउरे गित `गुराँस फुल्ने´ एल्बम सार्बजनिक भएको छ। पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली लोक गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

    यसै विच नेपाली लोक तथा दोहोरी गित क्षेत्रमा दिपु मगर निकै लोकप्रिय गायक तथा बुटवलका सञ्चारकर्मी मध्ये एक हुन् । ‘छुकछुके रेल’ ‘रोगी दिदि’ ‘सालैजो स्वर्गद्वारी ’, लगायत थुप्रै लोकप्रिय गितबाट सबैको मनमुटुमा बस्न सफल गायक तथा सञ्चारकर्मी मगर सबै फ्यानहरुको उत्तिकै माया पाएका छन् , उनका फ्यान, शुभचिन्तकहरु उनको नयाँ गित कस्तो आउला, के आउला भनेर धेरै प्रतिक्षामा पनि रहने गर्छन् । सोहि प्रतीक्षाको घडीलाई अन्त्य गर्दै भर्खरै बजारमा आएको छ गुराँस फुल्ने झ्याउरे गित ।जसमा दिपु मगर र रेनु मगरले स्वर दिएका छन् ।

    दिपु मगरको उत्कृष्ट शब्द सृर्जना एवम् लय रचनामा रहेको गितमा कृष्ण भान्जाको एरेन्ज रहेको छ । यस्तै गितको भिडियोमा लोकप्रिय गायक तथा मोडेल दिपु मगरको साथमा परि क्षेत्री,शुस्मिता थापा मगर,टिका,राजु,आस्मा,प्रेम,सम्झना लगाएत अन्य ब्यक्तिको अभिनय रहेको छ । भने छायांकन सन्तोष बश्याल र निर्देशन प्रेम गुरुङले गरेका हुन्। गीतको म्युजिक भिडियो (दिपु मगर) युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय