• मालिका गाउँपालिकाले पशुपंक्षी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

  • चैत १८ गुल्मी ।

    गुल्मीको मालिका गाउँपालिकाले नि :शुल्क पशुपंक्षी
    सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । भोलि अर्थात चैत १९ गते गाउँपालिकाको वडा नम्बर चार अर्खबाङमा शिविरको आयोजना गरिएको पशु प्राविधिक अर्जुन थापाले जानकारी दिए ।
    भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घासको विज्ञ टोलीले सेवा प्रवाह गर्नेछ ।
    शिविरमा बाह्य परजीवी ,आन्तरिक परजीवीको उपचारका साथै आकस्मिक सेवा प्रवाह गर्नुका साथै पशु सम्बन्धि सबै प्रकारका रोगको उपचार हुने गाउँपालिकाले जनाएको छ ।
    त्यस्तै आवश्यक औषधि समेत निस्शुल्क वितरण गरिने मालिका गाउँपालिकाले जानकारी दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय