• मन्त्रालय भागबण्डामा काँग्रेस भित्र विवाद, शेखर समुह सरकारमा नजाने !

  • काठमाडौं । नेपाली कांग्रेस भित्र सरकारमा सहभागिताको विषयमा विवाद भएको छ ।

    काँग्रेसले पाएको आठ मन्त्रालय मध्ये सभापति शेरबहादुर पक्षले शेखर कोइराला पक्षलाई दुई मनत्रालय मात्र दिएपछि विवाद बढेको हो । शेखर पक्षले तीन मन्त्रालय नपाए आफ्नो पक्षका सांसद मन्त्री नबन्ने अडान लिएको छ ।

    यस अघि शेखर पक्षबाट उपसभापति धनराज गुरुङ र डिग बहादुर लिम्बु मन्त्री बन्ने बताइएको थियो । तर शेखर पक्षले अडान लिएपछि सभापति देउवाले काँग्रेसबाट आज चार मन्त्रीले मात्र शपथ लिने गरी सूची पठाएका छन् ।

    देउवा पक्षका एक नेताका अनुसार काँग्रेसले आज उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रमेश रिजाल, डा. प्रकाशशरण महत र सीता गुरुङलाई मन्त्री बनाउदै छ ।

    खड्काले उपप्रधानसहित रक्षा मन्त्रालय सम्हाल्ने छन् भने रमेश रिजाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै डा. प्रकाश शरण महत अर्थमन्त्री बन्ने छन् भने सीता गुरुङ शहरी विकास मन्त्री बन्ने भएकी छन् ।

    शेखर समूहले सम्मानजनक रुपमा भाग नपाएको भन्दै नाम पठाउन अस्वीकार गरेको छ । यसअघि शेखर कोइरला, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार विहान बसेर तीन मन्त्रालय नपाएमा नाम नपठाउने अडान लिने बारे छलफल गरेका थिए ।

    कांग्रेस भित्रको यो विवादले प्रधानमन्त्री पुष्पकमल दाहालको एकै चरणमा सरकार विस्तार गरेर काममा केन्द्रित हुने योजनामा भने धक्का पुग्ने देखिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय