• लुम्बिनीमा दुई दिने मिडिया सम्मेलन हुदै

  • बुटवल। लुम्बिनीमा भोलिदेखि मिडिया सम्मेलन हुने भएको छ। नेपाल पत्रकार महासंघको आफ्नो ६८ औ स्थापमा दिवसको अवसरमा लुम्बिनीमा चैत्र १६ र १७ गते सम्मेलन हुन लागेको हो।

    बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनहरूका विषयमा बृहत बहस र छलफल गरिने जानकारी दिनुभयो ।

    सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुनेछन् । सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । सम्मेलनको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । १६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरि गर्ने कार्यक्रम छ ।

    परासीमै महासंघको ८ औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । सम्मेलनको तयारीको सबै काम सकिएको र लुम्बिनीको सन्देश देशभरका पत्रकारलाई दिनेगरी तयारी गरिएको छ ।

    सो अवसरमा महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डे,प्रदेश महासचिव बिक्रम खड्का,जिल्ला अध्यक्ष रामराजव पोखरेलले सबैको लुम्बिनीमा सबै पत्रकारको साझा कार्यक्रम भएकाले सफल बनाउनुपर्ने बताउनुभएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय