काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) लाई दुई, जनता समाजवादी पार्टी (जसपा) लाई दुई मन्त्रालय दिने सहमति भएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी (लोसपा) लाई एक, नेपाल समाजवादी पार्टीलाई एक र जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको एक नेताले जानकारी दिएका छन् । यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइनसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको श्रेष्ठले बताएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय