• मन्त्रालय भागबण्डामा सत्ता गठबन्धनमा जुटेन सहमति, भोलि विहान फेरि बैठक बस्ने

  • काठमाडौँ । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको वैठक मन्त्रालय भागबण्डामा सहमति नजुटेपछि बिना निष्कर्ष सकिएको छ । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो ।

    बैठक भोलि (बुधबार) बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो । मंगलबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए ।

    छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले दुई वटा भन्दा बढी दिन नसकिने बताएका थिए । यस्तै कांग्रेसले आठ मन्त्रालय पाउने भनिए पनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन । यस्तै जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा सहमति जुट्न नसकेको बताइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय