• प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि

  • काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ ।

    यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।

    १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय