• सन्दीपलाई थुनामा पठाउने न्यायाधीश घिमिरेकै इजलासमा फैसलाको पेसी

  • काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीस माधवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ । आजबाट लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ ।

    पेशी चौंथो नम्बरमा परेको छ । न्यायाधीश घिमिरेले नै यसअघि सन्दीपलाई कारागार चलान गरेका थिए । पछि उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’ बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको हो । अन्तिम सुनुवाइ सकिएपछि मुद्दामा फैसला हुनेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय