• राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवसमा रक्तदान तथा सांगीतिक कार्यक्रम सम्पन्न

  • गोविन्द भुसाल, बुटवल ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनीप्रदेशको आयोजना तथा रूपन्देही र नवलपरासी शाखाको सह आयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवसको अवसरमा तिलोत्तमा ४ डिङ्गानगरमा रक्तदान तथा सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  ८० युनिट रगत संकलन भएको छ ।

    सोही कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्णखांँणले प्रतिष्ठानले कलाकारको हक अधिकार तथा कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । उनले नगरपालिका सधै सहकार्य गरेरै अघि बढ्ने बताए । खांणले निर्माणाधीन भवनसम्पन्न गर्न तिलोत्तमा नगरपालिका  र राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश संगै रहेको उनको भनाइ छ । कार्यक्रममा केन्द्रीय निबर्तमान सल्लाहकार तथा प्रदेश सल्लाहकार खिमबहादुर हमालले अधुरो भवनलाइ छिटैसम्पन्न गर्नका लागि अनुरोध गरे ।

    सो अबसरमा निबर्तमान केन्द्रीय सचिव प्रचण्ड जिसी,प्रदेशकानिवर्तमान अध्यक्ष डिल्लीनारायण पाण्डे, तिलोत्तमा वडा नं ४ का वडा सदस्य मित्र न्यौपाने,रक्तदाता संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी लगायतले बोलेका थिए । रक्तदान कार्यक्रममारक्तसंचार केन्द्र बुटवलको प्राबिधिक टोलीले सहजीकरण गरेको थियो । कार्यक्रममासहयोगी दाताहरु, रक्तदान गर्ने महानुभावहरुलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।   प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दामोदर बस्यालकोस्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन सचिव योगराज पोखरेलको संचालनमा भएको थियो  ।

    यसैगरीआजै बसेको विशेष भेला ले नववर्ष को अवसरमा भित्तेपात्रो प्रकाशन गर्ने निर्णयगरेको छ। संयोजक दिपक कार्की, सह संयोजक राजेन्द्र पोखरेल र सदस्य संजय सौगात रहनेगरी भित्तेपात्रो प्रकाशन समिति समेत चयन गरिएको छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय