• पीएनजीमाथि नेपालको शानदार जित

  • काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ९ विकेटले पराजित गरेको ।

    पीएनजीले दिएको ९६ रनको लक्ष्य पछाएको नेपालले ७.४ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    नेपालको जितमा आसिफ सेखले अर्धसतक पुरा गरेका छन् । उनले २१ बलमा अविजित ५३ रन बनाए । त्यस्तै कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित १२ रन बनाएका थिए ।

    पीएनजीका लागि एक विकेट चाद सोपरले लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो ।

    पीएनजीका लागि कप्तान असाद भालाले सर्बाधिक २० रन बनाए भने सेसे बाउले १८, चार्लेज अमिनीले १६, हिरी हिरीले १४ रनको योगदान दिएका थिए । पीएनजीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पीएनजीलाई नेपाली बलरले शुरु देखिनै दबाबमा राखेका थिए ।  यस खेलमा सन्दीप लामिछानेले ५ विकेट लिए छन् । सन्दीपले १० ओभरमा एक मेडनसहित २५ रन दिएर ५ विकेट लिएका हुन् ।

    त्यस्तै ललित राजबंशी र कुशल मल्लले २-२ विकेट लिएका थिए भने सोमपाल कामीले एक विकेट लिए ।

    यो जितपछि आइसीसी विश्वकप लिग-२ मा नेपालको ३५ खेलमा ३८ अंक भएको छ । नेपाल अब शिर्ष तीनमा पुगेर विश्वकप क्वालिफायरमा छनौट हुन एक जित टाढा छ । नेपालले अब यस सिरिजको अन्तिम खेलमा आगामी विहिबार युएईको सामना गर्ने छ ।

    त्यस्तै पीएनजीको भने ३५ खेलमा ११ अंक छ र अंकतालिकामा पुछारमा रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय