• लोसपा, जनमत र नाउपाले कार्यगत एकता गर्ने

  • काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिएक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ । तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति आज (शनिबार) सहमति भएको हो ।
    सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सीके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

    कार्यगत एकताको निर्णयमा पुगेका यी तीन पार्टीको संघीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व रहेको छ । यी पार्टी कांग्रेस–माओवादी गठबन्धनमा रहेका छन् । तर उपराष्ट्रपति निर्वाचनका लागि सहमति नजुटेपछि जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दिएकी छन् ।

    सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारको रुपमा जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय