• प्रचण्डविरुद्ध सर्वोच्चमा रिट हालिएकोमा बारकाे असन्तुष्टि

  • काठमाडौँ । नेपाल बार एशोसिएसनले शान्ति प्रक्रियासँग सम्बन्धित विषयहरू टुंगोमा पुर्‍याउन सरकार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानिबन आयोग जिम्मेवार हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

    द्वन्द्वकालका घटनाहरुलाई लिएर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट दर्ता भएको अवस्थामा नेपाल बार एशोसिएसनले असन्तुष्टि जनाउँदै यस्ता विषय सरकार र आयोगहरुको जिम्मेवारीभित्र पर्ने स्पष्ट पारेको हो ।

    नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र महासचिव अधिवक्ता अञ्जिता खनालले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियासँग सम्बन्धित मुद्दामा कार्यक्षेत्रको प्रसङ्ग पनि उल्लेख गरिएको छ ।

    ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले विगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको काम, कर्तव्य र क्षेत्राधिकार उल्लेख भई दुवै आयोगलहरूले आफ्नो क्षेत्राधिकार अन्तर्गतका कार्यहरू गर्दै आइरहेको अवस्थामा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी छ ।’ विज्ञप्तिमा शान्ति प्रक्रियासँग जोडिएका मुद्दामा क्षेत्राधिकारको विषय पनि उल्लेख गरिएको छ ।

    nepal bar 0732023015803 1000x0 1

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय