• पत्रकार महासंघ रुपन्देहीले मनायो होली

  • बुटवल।नेपाल पत्रकार महासंघले रुपन्देहीले मँगलबार एक कार्यक्रमकाबीच होली पर्व मनाएको छ । बुटवल स्थित महासंघको कार्यलय परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा एक आपसमा रङ लगाएर पर्व मनाइएको हो ।

    महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको सभापतित्व र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे,पत्रकार महासंघ रुपन्देहीका सचिब बिनोद परीयार लगायतले शुभकामना व्यक्त गर्दै होलीलाई मर्यादित र आपसमा मित्रता काएम गरेर मनाउन आग्रह गरेका थिए ।

    बिभिन्न राजनीतिक दल तथा बिभिन्न ब्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु एवं रुपन्देहीका विभिन्न सञ्चार सम्बद्ध व्यक्तिहरुको सहभागितामा आयोजित कार्यक्रममा होलीलाई भाइचारा र मेलमिलापको रुपमा मनाउनुपर्नेमा जोड दिइएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय