• गठबन्धन पाँच बर्षै जान्छ, मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट : प्रधानमन्त्री

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट शुरु गर्ने बताएका छन् ।
    आज (बिहीबार) राष्ट्रपति निर्वाचनको सन्दर्भमा आठ दलले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘गठबन्धन पाँचै वर्ष जान्छ, मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट हुन्छ’ उनले भने । आठ दलले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार गर्ने तथा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय