• यू–१९ एसिया छनोटमा नेपाल आज मलेसियासँग खेल्दै

  • काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा आज (मंगलबार) नेपालले मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरू हुनेछ ।

    नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ भने मलेसिया चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई, दोस्रो खेलमा कुवेतलाई र तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

    नेपाल ३ खेलमा ६ अंकका साथ नेट रन रेटका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय