• शारदा माविको ५८ औँ वार्षिकउत्सव सम्पन्न

  • महेश बोहरा,गुल्मी

    गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षता, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीको प्रमुख आथित्यता रहेको थियो ।

    यस्तै गाउँपलिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता घनश्याम खरेल, वडा नम्बर ८ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक फणिन्द्रराज अर्याल, स्वर्णमहोत्सव मुल आयोजक समारोह समिति २०७२ का अध्यक्ष घनश्याम खरेलको विशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा अभिभावक, बिद्यार्थि लगायत शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो ।

    फागुन १२, १३ र १४ गतेसम्म सञ्चालन भएको कार्यक्रममा छात्रछात्रा भलिवल, बाल्टिन बल, बोत्तल भोर्न, अंग्रेजी र नेपाली विधामा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । यस्तै हाजिरी जवाफ प्रतियोगिता, छात्रछात्रा कबड्डी प्रतियोगिता लगायतका खेलकुद सम्पन्न भएका छन । कार्यक्रममामा बिद्यालयका प्रधानाध्यापक रामप्रसाद्र अर्यालले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।

    यस्तै “मानवताका लागी नैतिक शिक्षा” विषयक चन्द्रकोट गाउँपालिका स्तरिय अन्तर माध्यमिक तह कक्षा ६ देखि १० सम्मको वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको छ । गाउँपालिका भित्रका ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

    जसमा आयोजक विद्यालय शारदा माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । ज्ञानोदय नमुना माध्यमिक विद्यालय द्धितिय, उदय माध्यमिक विद्यालय तृतिय भएका छन ।

    यस्तै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष युवराज केसीले शारदा दीप स्वर्ण महोत्सव विशेषांक स्मारिका विमोचन समेत गर्नुभएको छ ।

    उहाँले कार्यक्रममा बोल्दै गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा नविनत्म अभ्यास गरेको विद्यालय मध्येको शारदा माबि रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक, आर्थिक, भौतिक लगायत हरेक प्रकारका गतिविधिमा स्थानिय सरकार साथमै रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    शारदा तारा २०७९ हुन सफल अनिशा क्षेत्री, साहित्य तारा भावना थापा, खेल तारा सिन्दु विक, गायन तारा सुजन विक, नृत्य तारा दुरपती तिवारी सहित अन्य विधामा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

    यस्तै वसुन्धारा अक्षयकोष, माता डिला, पिता लिला अक्षयकोष, देवनारायण अक्षयकोष, चुरामणी स्मृति अक्षयकोष सहित अन्य अक्षयकोषबाट झण्डै ८० हजार बढी नगद पुरस्कार वितरण गरिएको छ । यस्तै यस वर्षको उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका शिक्षक बिष्णुप्रसाद सुवेदीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

    आगामी दिनमा छात्रावास सहितका कक्षाहरु सञ्चालन गर्ने, वैज्ञानिक र व्यवसायिक शिक्षामा जोड दिने, संस्कार सहितको शिक्षालाई मुल लक्ष्य बनाएर विद्यालय अगाडी बढ्ने बताइएको छ । कार्यक्रमको संचालन शिक्षक बिष्णुप्रसाद सुवेदीले गर्नुभएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय