• चन्द्रकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण सम्पन्न

  • चन्द्रकोट गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यस आर्थिक वर्षको साउन देखी माघ मसान्तसम्म गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुको बारेमा सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

    गाउँपालिकाले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले कार्यक्रमको पहिलो सत्रमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले सडक, सिंचाई, खानेपानी, पुल, बिद्युत, बजार अनुगमन र कृषि उपजका बारेमा समस्या तथा गुनासा राखेका थिए भने गाउँपालिकालाई सुझाब समेत दिएका थिए ।

    कार्यक्रममा उठेका जिज्ञासा तथा गुनासाहरुको जवाफ प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल,गाउँपालिकाका उपाध्यक्ष, बिष्णुप्रसाद भण्डारी, गाउँपालिकाका अध्यक्ष युवराज केशीले दिनुभएको थियो ।

    कार्यक्रममा ८ वटै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरकण पत्रकार घनश्याम गौतम, तिलाचन पाण्डे र महेश बोहरा लगायतले गर्नुभएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय