• सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा दुई जनाको उम्मेदवारी

  • भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघमा अध्यक्ष पदको लागि २ जनाको उम्मेदवारी परेको छ । फागुन २० गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ एवम वर्तमान महासचिव बिजय पाण्डेले उम्मेदवारी दिएका छन ।

    प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलका अनुसार संघको बरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य र अरुण कुमार गोयनकाको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली र रवि कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन । कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवालको एकल उम्मेदवारी परेको गौडेलले बताए । उद्योग उपाध्यक्षमा हरिबहादुर थापा र दिलिप कुमार कान्दु, महासचिवमा कृष्ण प्रसाद घिमिरे र गोपाल भण्डारी कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गौरब श्रेष्ठको उम्मेदवारी परेको छ ।

    सचिवमा धर्मवीर शर्मा र मंगल भण्डारीले उम्मेदवारी दिएका छन । सह कोषाध्यक्षमा संजय कुमार बेरीवालको एकल उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त गौडेलले बताए । कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल रविकास कुमार गोयनकाको उम्मेदवारी परेको छ भने बस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र प्रितम रौनीयारको उम्मेदवारी परेको छ । वाणिज्य तर्फ महिला सदस्यमा यमकला उद्योग महिला सदस्यमा पल्लवी न्यौपानेको एकल उम्मेदवारी परेको छ ।

    उद्योग तर्फ खुल्ला सदस्यहरुमा रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र, भुवन कुमार कान्दुको उम्मेदवारी परेको छ । वाणिज्य तर्फ खुल्ला सदस्यमा अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी, दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलले बताए ।

    globalaawaj

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय