• घरमा आगलागी हुँदा दुई बालकको मृत्यु

  • पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित एक घरमा आगलागी हुँदा दुई बालकको जलेर मृत्यु भएको छ ।
    प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ–५ का श्रण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम–५ का सन्तोष खातीको ४ वर्षीय छोरा निशान खातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अपरान्ह ४ बजेको समयमा पन्थाकको घरको मचानमा उनीहरुको शव जलेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । जलेर मृत्यु भएका सेसेहाङ घरमुली प्रेमको भतिजो र खाती छोरीको छोरा भएको प्रहरीले जनाएको छ ।

    परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको प्रहरीको भनाइ छ । खरले छाएको घरमा आगलागी भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय