• लुम्बिनीका सबै जिल्लामा पटके पासको व्यवस्था हुने

  • लुम्बिनी । लुम्बिनी प्रदेशका १२ जिल्लामा नै पटके पास जारी गर्नेगरी उद्योग, पर्यटन तथा यातयात व्यवस्था मन्त्रालयले तयारी थालेको छ ।

    प्रदेशको बर्दिया, गुल्मी, अर्घाखाची, रुकुमपूर्व, प्युठान र रोल्पा सहित ६ जिल्लामा यातयात व्यवस्था कार्यलय तथा यातयात सेवा कार्यलय नहुँदा जनतालाई समस्या भएको निश्कर्ष निकाल्दै ति जिल्लाबाट पनि पटके पास दिनेगरी तयारी थालिएको हो । उद्योग, पर्यटन तथा यातयात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले हरेक जिल्लामा पटके बाटो ईजाजत पत्रको व्यवस्थापन गर्न थालिएको बताए ।

    ‘नागरीकहरुलाई समस्या भएको बुझी हामीले सबै जिल्लाबाट मन्त्रालय मातहत रहेका जिल्ला स्थित कार्यलयबाट सेवा दिनेगरी पटके बाटो ईजाजत पत्रको व्यवस्थापन थालेका छौं । ’ मन्त्री यादवले भने ।

    पटके पासको लागि हालसम्म रुपन्देही, दाङ, नवलपरासी, कपिलवस्तु, बाँके समेत ८ वटा कार्यलयबाट सेवा प्रवाह भईरहेको छ । मन्त्रालयको निर्णय अनुसार थप ६ ठाउँ गरी १४ ठाउँबाट पटके पासको सेवा प्रवाह गरिने भएको छ ।

    यसैैगरी मन्त्रालयले लुम्बिनी प्रदेशका स्थानीय तहहरुमा हालसम्म घोषणा भएका २० वटा औद्योगिक ग्रामहरु मध्ये १० वटा औद्योगिक ग्राम छनौट गरी सम्बन्धीत पालिकालाई पच्चिस लाख रुपैयाँ सशर्त अनुदान सहित दिने पनि तयारी गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय