• शनिबार बाहेक सार्वजनिक बिदामा पनि अत्यावश्यक कार्यालय खोल्ने सरकारको निर्णय

  • काठमाडौँ । सरकारले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यकका सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।
    आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

    prachanda cabinet 1

    ती मन्त्रीका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यकका कार्यालय कुन कुन हुन भनेर सूची समेत तयार गर्ने निर्णय गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय