• राष्ट्रिय जनमोर्चा गुल्मीद्धारा संघियताको खारेजी माग

  • राष्ट्रिय जनमोर्चाले संघियताको खारेजी को माग गर्दै जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट आएका नेता कार्यकर्ताले सदरमुकाम तम्घासमा संघिएताको खारेजीको माग सहितका नाराबाजी सहित प्रर्दशन गरेका हुन् । प्रर्दशन पछि कोर्ण सभालाई सम्बोध गर्दै प्रदेश र जिल्ला स्तरीय नेता कार्यकर्ताले संघिएताले देशलाई आर्थिक बोझ थुपारेको बताएका थिए ।
    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले वर्तमान सरकारले महङ्गी, बेरोजगारी र भ्रष्टाचार घटाउन नसकेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा राष्ट्रिय जनमोर्चा गुल्मीको आयोजनमा भएको संघीयता बिरुद्धको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय