• स्कटल्यान्डमाथि नेपालको रोमान्चक जित

  • काठमाडौं । कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा च्याम्पियन स्कटल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै नेपालले विश्वकप लिग २ मा पहिलो पटक सबै चार खेल जित्न सफल भएको छ ।

    जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे । करण केसी ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे । नेपालले यस सिरिजमा चारै खेल जितेको हो । लिग २ मा नेपालले पहिलो पटक चारै खेल जितेको हो । एक समय ३१.५ ओभरमा १३८–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई करण केसी र रोहित पौडेलले नवौ विकेटका लागि ७५ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाएका हुन् । कप्तान रोहितले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय