• पाँचथरमा आगलागी, एक घर जलेर नष्ट

  • पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा आगलागी हुँदा वीरमति तामाङको घर जलेर नष्ट भएको छ । आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घरभित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री जलेर नष्ट भएको वडाध्यक्ष भरत खपाङ्गी मगरले जानकारी दिएका छन् ।

    सोमबार साँझ करिब साढे ७ बजे सुरु भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरी चौकी प्राङबुलबाट गएका प्रहरीले प्रयास गरे पनि सफल नभएको खपाङ्गीेले बताए ।

    आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगोले घर नष्ट भएपछि तामाङ परिवारका पाँच सदस्य बिचल्लीमा परेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय