• मस्कटबाट ५६० थान अक्सिजन

  • ओमनबाट अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौँ ल्याएको हो। अक्सिजन सिलिण्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो ।

    यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज शनिबार नै राति ११ बजे त्यसतर्फ उडेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय