• दुई छोरासहित गण्डक नहरमा हामफालिन् महिला, तीनै जनाको अवस्था अज्ञात

  • परासी । नवलपरासीको गण्डक नहरमा एक महिला आफ्ना दुई छोरासहित हाम फालेकी छन् । मंगलबार दिउँसो २ बजेतिर उनले दुई छोरासहित गण्डक नहरमा हाम फालेको प्रहरीले जानकारी दिएको छ ।

    नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिस र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए । अहिलेसम्म उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीको भनाइ छ ।

    मानसिक सन्तुलन बिग्रिएकी उनले दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनका श्रीमान वैदेशिक रोजगारमा रहेको पाइएको प्रहरीले जनाएको छ । उनले के कति कारणले छोराहरुसहित नहरमा हाम फालिन् भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको डीएसपी पाण्डेले बताएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय