• प्रचण्ड–ओली छलफल : फुकेन राष्ट्रपतिको गाँठो, प्रचण्ड भन्छन्, ‘एक–दुई दिनमै टुंगो लाग्छ’

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (शुक्रबार) पनि लामो छलफल भएको छ ।

    अध्यक्ष ओलीसँग छलफलका लागि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । आजको छलफलको मुख्य विषय पनि राष्ट्रपति टुंगो लगाउने नै थियो । तर आजको बैठकबाट पनि दुई नेताले राष्ट्रपतिको उम्म्दवारबारे कुनै सहमति गर्न सकेनन् । छलफलबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले एक–दुई दिनमा राष्ट्रपतिको टुंगो लाग्ने बताए । प्रचण्डले राष्ट्रपतिको विषयले गठबन्धन नभत्किने भन्दै गठबन्धन कायम नै रहने दाबी गरे ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्नेछौं, गठबन्धन टुट्ने–भत्कने कुरै छैन ।’ पुस १० गते प्रचण्ड प्रधानमन्त्री बन्ने वेलामा सात दलबीच राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । पछिल्लो समय माओवादीले राष्ट्रपतिको उम्मेदवार सहमतिमा टुङ्गो लगाउनुपर्ने धारणा राख्दै आएको छ । एमालेले भने माओवादी १० पुसको सहमतिबाट पछि हट्न नहुनेमा जोड दिंदै आएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय