• हामीले अहिलेको समीकरण बदल्न चाहेको होइन : उपप्रधानमन्त्री श्रेष्ठ

  • सुर्खेत । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको स्पष्ट पारेका छन् ।

    ‘हामीले अहिलेको समीकरण बदल्न चाहेको होइन । हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्नेमा स्पष्ट छौँ’, श्रेष्ठले भने, ‘अहिलेको सरकारलाई संसदमा भएका ९९ प्रतिशतले विश्वासको मत दिए । संसदमा भएका सबैजसो पार्टीले प्रधानमन्त्री ज्यूलाई समर्थन गरे । यो ऐतिहासिक परिघटना हो ।

    त्यस वातावरणले राष्ट्रिय सहमति कायम गर्ने वातावरण बनेको छ ।’ राष्ट्रपतिमा समेत सबै दललाई समेट्न आवश्यकता देखिएको श्रेष्ठले बताए । संसद्मा भएका सत्तापक्ष प्रतिपक्ष सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्नुपर्ने बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय