• दाङमा पनि ग्यास सिलिण्डर विष्फोट, दुई जना घाइते

  • दाङ । दाङमा आज (बिहीबार) बिहान खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा ग्यास सिलिण्डर विष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

    विष्फोटबाट ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर– १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय