• गोंगबु घटना छानविन गर्न डीआइजी खाँको नेतृत्वमा समिति गठन

  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले गोंगबु घटना छानविन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले समिति गठन भएको जानकारी दिए । समितिमा उपत्यका प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ,काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी सिताराम रिजाल,उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य छन् ।

    फागुन १ गते यातायात मजदुरहरूको विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रहरी भ्यान,प्रहरी विट,ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी गरेको र ल्होत्से मलमा तोडफोड गरी मोबाइल पसलमा लुटपाट गरेका थिए । सो घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय