• भेरी नदीमा बेपत्ता दुईमध्ये एक जनाको अझै पत्तो लागेन

  • सुर्खेत । बिहीबार भेरी नदीमा बेपत्ता भएका दुई जनालठमध्ये एक जनाको शव भेटिएको छ । प्रहरीले डोल्पा ठुलो भेरी नगरपालिकाका २६ वर्षीय बिबि रोकायको शव भेट्टाएको हो । उनको शव गोताखोरको टोलीले भेट्टाएको हो ।

    यस्तै सोही नगरपालिकाका २२ वर्षीय मकर रोकाय अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।
    बिहीबार दिउँसो १ बजे सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदे स्थित भेरी नदीको किनारमा पौडी खेल्ने क्रममा मकर र बिबि बेपत्ता भएका थिए । साथै ठुलो भेरीकै धर्मजित रोकाय पनि नदीमा बगेर पनि सकुशल फर्किएका थिए ।

    उनले नै इलाका प्रहरी कार्यालय छिन्चुमा आयर मकर र बिबि भेरीमा बगेको जानकारी गराएको प्रहरीले बताएको छ । बेपत्ता मकरको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय