• साफ यू-२० : बङ्गलादेशसँग हारेसँगै नेपाल उपविजेतामा सीमित

  • काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजक बगंलादेशसँग पराजित भएको छ ।

    ढाकास्थित विर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बगंलादेशसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

    फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बगंलादेश भने अपराजित रहँदै च्याम्पियन बनेको छ ।

    बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे ।

    राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

    चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल खेलेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय