• यातायात व्यावसायीद्धारा मन्त्रीलाई ज्ञापन पत्र

  • गुल्मी । यातायात क्षेत्र सुधारको लागि गुल्मीका यातायात व्यावसायीले उप–प्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । बिहिवार गुल्मी, रेसुङ्गा र रुरु रेसुङ्गा यातायात प्रालिका पदाधिकारीहरुले गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
    व्यावसायीहरुले बुझाएको ज्ञापन–पत्रमा ऐन कानुनको कार्यान्वयन, ट्राफिक प्रहरी आतंकको नियन्त्रण, पिक एण्ड ड्रपको व्यावस्था, पूर्वाधार विकास तथा पार्किङ सुविधा, प्रदुषण जाँच तथा जरिवानको त्रास, ऐन र नियावलीको संसोधन, यातायात क्षेत्रको सुधार र पुनजार्गरण गर्न राष्ट्रिय यातायात प्राधिकरण निर्माणको माग गरिएको छ । त्यस्तै चीन भारत नाकाको समस्या, सिमापारीको सुरक्षा र सुरक्षित भविष्यको सुनिश्चताको लागि योगदानमा आधारित सामाजिक सुरक्षा, सडक सुशासनको लागि रोड सेफ्टी काउन्सिल निर्माण तथा यातायात र व्यावसायीका दिर्घकालिन समस्या समधान गर्न आयोग गठन लगायतका माग गरिएको छ ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समधानको लागि तत्काल विज्ञप्ती मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यावसायीसंग बसेर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गुल्मीका इन्र्चाज हिमाल कुवँर, लुम्बीनी प्रदेश सदस्य कृष्ण मरासिनी, रेसुङ्गा यातायातका कार्यालय प्रमुख सुरेश भुजेल, रुरु रेसुङ्गा यातायातका राजु श्रेष्ठ र गुल्मी यातायातका कार्यकारी सदस्य प्रकाश भट्टराई लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

    source : pratikkhabar

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय