• लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का

  • लमजुङ । लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । लमजुङ सदरमुकाम बेंसीसहरलगायतका स्थानमा पनि भूकम्प धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका छन् ।

    बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसअघि कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय