• साफ यू-२० महिला च्याम्पियनसिप : पहिलो खेलमै नेपाल बंगलादेशससँग पराजित

  • काठमाडौं । बंगलादेशमा शुक्रबारदेखि सुरु साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।

    ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।

    खेफमा पहिलो आधा घण्टामै तीन गोल भएको थियो । खेलको तेसो मिनेटमै अकलिमा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

    कप्तान शामसुननाहरले १३ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारिन् । दुई गोलले पछि परेको नेपालले पहिलो हाफमै खेलमा फर्कने प्रयास गर्‍यो । २४ ‌औं मिनेटमा मनमाया दमाईले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याइन ।

    त्यसपछि नेपाल बराबरी गोल फर्काउने प्रयासमा रहे पनि सफल हुन सकेन । बंगलादेशले एन्जुरी टाईममन तेस्रो गोल गर्‍यो ।

    सिफारिस
    लोकप्रिय