• जीवन बीमा कम्पनीहरुले गरे ७१ अर्ब भन्दाबढि बीमाशुल्क संकलन

  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ७१ अर्ब रुपैयाँ भन्दाबढि बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याक्ं अनुसार कम्पनीहरुले ७१ अर्ब ६५ करोड २० लाख रुपौयँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । यसअवधिमा कम्पनीहरुले एक करोड ४१ लाख ९ हजार १५० बीमालेख जारी गरेका छन् । 

    जीवन बीमा कम्पनीहरुले गत पुस महिनामा मात्र १२ अर्ब १३ करोड ५८ लाख बराबरको कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरुले ११ लाख ४४ हजार ८५४ बीमालेख जारी गरेका छन् । 

    बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत पुस मसान्तसम्म सबैभन्दा बढि नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले यस अवधिमा ९ लाख ४० हजार २४९ वटा बीमालेख बिक्री गरी १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

    त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्यारेन्सले ७ अर्ब ६८ करोड ६९ लाख, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १४ करोड ५० लाख, लाइफ इन्स्योरेन्स कर्पोरशेनले ८ अर्ब ७२ करोड ९३ लाख, मेट लाइफ इन्स्यारेन्सले २ अर्ब ५० करोड २३ लाख र एशियन लाइफ इन्स्यारेन्सले ३ अर्ब ४६ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    गुँरास लाईफ इन्स्यारेन्सले एक अर्ब ४३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सूर्या लाइफ इन्स्यारेन्सले २ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पुस मसान्तसम्ममा प्राइम लाइफ इन्स्यारेन्सले एक लाख ७२ हजार ३०० वटा बीमालेख जारी गरेर दुई अर्ब २६ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क कमाएको छ ।

    त्यस्तै, आइएमई लाइफ इन्स्यारेन्सले पनि चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक अर्ब ९५ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । जुन दुई लाख ३० हजार ८ सय वटा बीमालेख बिक्री गरेर आर्जन भएको हो । त्यस्तै, यस अवधिमा युनियन लाइफ इन्स्यारेन्सले ३ अर्ब ७५ करोड १९ लाख, ज्योति लाइफ इन्स्यारेन्सले एक अर्ब ४७ करोड १३ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्यारेन्सले एक अर्ब ९४ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

    प्राधिकरणको तथ्यांकमा उल्लेख भए अनुसार रिलायन्स लाइफ इन्स्यारेन्सले एक अर्ब ५० करोड ३० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा रिलायबलले एक अर्ब ७८ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

    यस्तै, सिटिजन लाइफ इन्स्यारेन्सले २ अर्ब ६६ करोड ४४ लाख, सानिमा लाइफ इन्स्यारेन्सले एक अर्ब २४  करोड ७४ लाख, प्रभुले एक अर्ब ३ करोड ७६ लाख र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

    त्यसैगरी यस अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले यस अवधिमा ५९ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्यारेन्सबीच मर्जर अघि पुस ६ गतेसम्मको छुट्टाछुटै र मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस महिनामागरेको व्यवसायको विवरण समावेश गरेको प्राधिकरणले जनाएको छ ।

    source : aarthiknews

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय