• चर्को घरभाडा र बैंक व्याज विरुद्ध बुटवलका व्यवसायीहरु सडकमा

  • बुटवल । चर्को घरभाडा र बैंकको व्याजदरका विरुद्ध रुपन्देहीका व्यवसायीहरु सडकमा उत्रिएका छन् ।रुपन्देहीव्यापार संघको आवहानमा बुटवलमा व्यवसायीहरुले अनुरोधात्मक र्याली निकालेका छन् । र्यालीमा आर्थिक मन्दीबाट व्यवसाय धाराशाही बन्दै गएको अवस्थमा चर्को घरभाडामा छुट दिएर व्यवसाय बन्द हुनबाट बचाउनआग्रह गरिएको थियो ।

    संघको कार्यालयबाट व्यानर विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर निस्किएको र्याली जेसिस चोक, अमरपथ, ट्राफिकचोक, राममन्दीर लाइन, हाटवजार परिक्रममा गरि समापन भएको थियो ।

    आर्थिक मन्दीबाट घरधनीहरुलाईपनिप्रत्यक्ष असर परेको भन्दै व्यापारलाई वचाउन नसके पसलहरु बन्दगर्न बाध्यहुने अवस्था आएमा बजार नै पलायनहुने चेतावनी उनीहरुको थियो ।

    र्यालीको सुरुवातगर्दै रुपन्देहीव्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले गिर्दो व्यवसायलाई बचाउनआफू पनिचल्ने र अरुलाई चल्ने बातावरण सिर्जना गर्न घरधनी मानुभावहरुलाई अनुरोध गर्दै व्यावसाय संचालन गरेका व्यावसायीहरुलाई राहतका रुपमा घरवहालमा सक्दो छुट दिनआग्रहगर्नु भयो । उहाले समग्र मुलुकको आर्थिक अवस्था संकटमा परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीबाट सटर भाडामा लिएर व्यापार व्यवसाय सञ्चालन गरेका व्यवसायी धाराशाहि भएमा भाडा वाफत एक पैसा हात पर्न नसक्ने स्थिती आउने बताउनु भयो ।

    व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नसकिएमात्यसको प्रत्यक्ष असर आम उपभोक्ताहरुमा पनि पर्ने घिमिरेको भनाई थियो ।
    चर्को बैंकको व्याजदर र घरभाडा तिर्न सक्ने अवस्था अबका दिनमाआउने चेतावनी दिदै बाध्य भएर सडकमा आउनु परेको उनीहरुको भनाई छ । व्यवसायीहरुले चर्को घरभाडा छुट गर्न माग गरेका छन् । बैंकको चर्को व्याजबाट समस्या भोग्दै आएका व्यवसायीहरुले महङो घर भाडा घटाउन आग्रह गरेका छन् ।

    पछिल्लो समय बुटवलको मुख्यबजारमा नै व्यवसायीले महंगो घरभाडाका कारण पसलबन्दगरि व्यवसाय छोड्दै जानेहरुको संख्या बढ्दै गएको छ । संघका अनुसार बुटवलमा दैनिक रुपमा ५० भन्दा बढी सटर भाडा तिर्न नसक्ने जनाउदै सटरहरु खालीहुने गरेको जानकारी आउनु गरेको छ । यो अवस्था एक महिनाचलेको खण्डमा बुटवलको वजार नै पलायनहुने अवस्थाआउने बताइएको छ । बुटवलका मुख्यवजारमा सटर भाडामा छ भन्दै सटर तथा घरहरुमा सूचनाहरु प्रसस्त टांसेको अहिले देख्न सकिन्छ ।

    महङो घर भाडाका कारण व्यवसायपनिबन्दहुने र घरधनीले पनि भाडा नपाउने भएकाले घर भाडा घटाएमा व्यवसायीलाई व्यवसायचलाउनपनि सहजहुने र घर धनीको घर तथा सटर पनिखालीनहुने अवस्थाआउने हुदात्यसमागम्भिर बन्न संघका निर्वतमानअध्यक्षयमलाललोहनीले बताउनु भयो ।

    र्यालीपछि आयोजित कार्यक्रममा संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, वरिष्ठ उपाध्यक्षतथाकार्यक्रम संयोजक डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारी लगायत बोल्नु भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय