• मकवानपुरमा २ जना उपाध्यक्षको उम्मेदवारी बदर

  • मकवानपुरका दुईजना उम्मेदवारको उम्मेदवारी बदर भएको छ।

    पूर्वी मकवानपुरको बकैया गाउँपालिकाकी उपाध्यक्ष पदको उम्मेदवारसहित दुईजनाको उम्मेदवारी बदर भएको हो। नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी छाँया अधिकारीको उम्मेदवारी बदर गरिएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ।

    बकैयाका निर्वाचन अधिकृत आनन्द राज पोखरेलको अनुसार उपाध्यक्षकी उम्मेदवार अधिकारी राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बकैयामा उजुरी परेको थियो। उजुरीमाथि छानविन गर्दा अधिकारी कृषि जनगणना गणकमा कार्यरत रहेको पुष्टि भएपछि उनको उम्मेदवारी बदर भएको हो।

    पोखरेलले उजुरी परेको विषयमा अधिकारीले कुनै लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनले मौखिक बयानमा अधिकारी हाल जागिरमै रहेको जानकारी गराएको बताए।

    गणक पद पारिश्रमिक पाउने पद रहेकोले उम्मेदवारी बदर भएको पोखरेलले जानकारी दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय