• देशै भर उम्मेदवारी दर्ता गरिदैँ

  • स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार देशभरि उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम वैशाख ११ र १२ गते विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय किएको छ।

    निर्वाचन तयारीसम्बन्धमा शनिबार आयोगले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “निर्वाचनको पहिलो चरणको सबै कार्यक्रम सम्पन्न भएको छ, आयोग अब

    निर्वाचन कार्यक्रमबमोजिम वैशाख ११ र १२ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

    उम्मेदवारी दर्ता, मतदान, मतगणना र मतपरिणाम सार्वजनिक गर्ने कार्यक्रमतर्फ उन्मुख हुनेछ।” मतदाताले आफूले चाहेको पदमा उम्मेदवारी दिन सक्ने वातावरण सिर्जना गरिदिन सबै राजनीतिक दल, तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज र आमसञ्चार क्षेत्रमा आयोगले अपिल गरेको छ। प्रमुख आयुक्त थपलियाले शान्तिपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गर्न सबैमा आह्वान गर्नुभयो । उम्मेदवार र राजनीतिक दलले उम्मेदवारी दर्ता गर्न नारा जुलुस लगाउँदै निर्वाचन अधिकृतको कार्यालय पुग्ने गरेका छन्। त्यहाँ हुन सक्ने सम्भावित झडप वा हिंसा हुन नदिनेबारे धारणा राख्दै उहाँले भन्नुभयो, “उम्मेदवारी दर्ताक्रममा दुई दल वा समूहबीच भेट नहुने, कसले कुन बाटो प्रयोग गर्नेलगायतमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेसम्बन्धमा स्थानीय प्रशासनले समन्वय गर्नेछ।” उहाँले निर्वाचन आयोगले त्यससम्बन्धमा निर्णय गरेरै सबै अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरिसकेको बताउनुभयो ।

    निर्वाचन आयोगले यसअघि उम्मेदवारी दर्ताका लागि एक दिनको मात्र समय राख्दै आएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय