• धुर्कोटमा कांग्रेसबाट नेता भण्डारी उम्मेदवार

  • नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एबम महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका छन ।

    आज बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरिबहादुर थापाले जानकारी दिए ।

    पालिका सभापति संगको संक्षिप्त कुराकानीमा थापाले – ` महेन्द्र भण्डारी कांग्रेसका निमित्त आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र बिकासमा उनले दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले सर्वसम्मत निर्णय गर्यौँ । ´

    भण्डारी कांग्रेसमा मात्र नभई अन्य दलसंग पनि लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन । निरन्तर राजनीतिमा सक्रिय भण्डारी स्थानिय र राष्ट्रियस्तरमा राम्रो माओल बनाएका नेता हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय