• पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाकाे सम्भावना

  • पहाडी क्षेत्रमा चट्याङ्सहित वर्षाकाे सम्भावना

    नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

    दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ । मंगलबार पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।

    राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय