• महानगर-उपमहानगरमा गठबन्धनका लागि अन्ति तयारी गरिदैँ

  • महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    स्थानीय निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ। मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन्। उसले सिटमा भागबण्डा पनि गर्न सकेको छैन्।

    गठबन्धन दलको बैठकको निर्णय अनुसार महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउने जिम्मा केन्द्रलाई दिएको छ। गठबन्धन दलमा सीट बाँडफाँटमा अझै कुरा मिलेको छैन। नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। एकीकृत समाजवादीले एक महानगर र तीन उपमहानगरमा दाबी गरिरहेको छ।

    यस्तै जनता समाजवादी पार्टीले पनि एक महानगर र दुई उपमहानगरमा दाबेदारी प्रस्तुत गरिरहेको छ। भागबण्डा नमिले आफू गठबन्धनबाट बाहिरिने एकीकृत समाजदीले चेतावनी दिएको छ। यस्तै माओवादी केन्द्रले आफूले भरतपुर महानगर पाउनुपर्ने दाबी गर्दै आएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय