• सत्तागठबन्धनसँग लड्न एमाले पनि गठबन्धनमै, राप्रपा सूर्य चिन्हबाट निर्वाचन लड्ने

  • नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति गरेको छ। कमल थापा नेतृत्वको राप्रपाका उम्मेदवारले सूर्य चिह्नबाट लड्ने गरी एमालेसँग ५ बुँदे सहमति भएको हो।

    एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा गठबन्धनको हस्ताक्षर गरेका छन्।

    एमाले र राप्रपाबीच देशभरि तालमेल सम्भव भएसम्मका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारहरूलाई सघाउने सहमति बनेको छ।

    सिफारिस